प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८०
प्र.अ.म.नि. श्यामलाल ज्ञवालीद्वारा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमको समापन
२०८०-०३-३१

काठमाण्डौ, ३१ असार            उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा उद्घोषण तथा क्षमता अभिवृदी तालिम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ ।        उद्घोषण तथा क्षमता अभिवृदी तालिममा प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख अतिथी प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले नेपाल प्रहरी समाजको अभिन्न अंगको रूपमा रहकाले सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूले सामुहिक अभ्यासमा विश्वास राखी सदैव सभ्य, शिष्‍ट व्यवहार प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो । २०८०|०३|२२ गते देखी १० दिन सम्म संचालित तालिममा ३४ जना प्रहरी र २ जना अन्य गरी ३६ जनाले तालिमको लाभ लिनुभएको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ, पुर्व राजदुत महेशराज दाहाल र शिक्षार्थीहरू आ-आफ्ना मन्तव्य राख्नु  भएको थियो ।  जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रहरी वरिष्ट उपरीक्षक दान बहादुर कार्की,प्रहरी वृत्त कालीमाटीका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितीमा कार्यक्रम सोही स्थानमा सम्पन्न भएको थियो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम सम्पन्न
२०८०-०३-३०

काठमाण्डौ, ३१ असार मिति २०८०/०३/३० गते उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम शनिबार ककनीमा सम्पन्न भएको छ । तालिम समापन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवाली नेपाल स्काउटका साना स्काउट भाइ बहिनीलाई देखेर आप्नो बाल्यकालको स्काउट तालिमको क्षण स्मरण भएको वताउनुहुदै यस तालिममा प्राप्त गरेका विपद्को समयमा जोगिने सिद्दान्तहरु आफ्ना साथीभाई र आफन्तहरूलाई समेत प्रदान गर्न अनुरोध गर्नुभयो । उक्त तालिम नेपाल स्काउट बागमती प्रदेश कार्यालयका संयोजक शिवराम अर्याल,नेपाल स्काउट केन्द्र ककनीका संयोजक केश रत्न बज्राचार्य, नेपाल सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी. नेपाल पुलिस स्कुलका प्रधानध्यायपक राम प्रसाद भुसाल  नेपाल पुलिस स्कुलका समादेशक उमेशमान अमात्य र नेपाल स्काउटका शिक्षकहरू नेपाल पुलिस स्कुलका शिक्षक/विद्यार्थीहरू, लगायतको उपस्थितीमा कार्यक्रममा सम्पन्न नेपाल स्काउट तालिममा नेपाल पुलिस स्कुलमा अध्ययनरत १३० जना विद्यार्थीहरूको सहभागिता थियो । 

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित १ जना पक्राउ
२०८०-०३-२६

काठमाण्डौ, २६ असार        त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान, १ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थानसहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाण्डौबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
२०८०-०३-२४

काठमाण्डौ, २४ असार              काठमाण्डौ उपत्यकाका विभिन्न आठ स्थानमा श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका-१ दुरागाउँ घर भई काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका-८ घर भई काठमाण्डौ चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-७ घर भई काठमाण्डौ बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका-७ घर भई काठमाण्डौ महानगरपालिका-९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाण्डौ न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।             काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मनिङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाण्डौ बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११.२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको छ । उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको  छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल प्रहरी पहरा गण, सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-२०

काठमाण्डौ, २० असार        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले सभ्य बोली, वचन र व्यवहारका साथ उत्कृष्‍ट कार्य गर्न’ निर्देशन दिनु भयो ।     प्रहरी कर्मचारीद्वारा यदाकदा गैरव्यवसायी कार्यहरू भएका गुनासाहरू समेत प्राप्‍त हुने हुँदा गण प्रमुख आफै उच्च अनुशासनमा रही मातहत सकल दर्जालाई उत्प्रेरित गरी संगठनले अंगिकार गरेको लक्ष्य प्राप्‍तिमा अग्रसर हुन पर्ने जोड दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१५

काठमाण्डौ, १५ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले उपत्यकाको सुरक्षाको लागि जुनसुकै समयमा खटिन पर्ने हुँदा हरदम तयार रहन निर्देशन दिनुभयो ।     मानव अधिकारको बिषयमा सदैव संवेदशील भई भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग गरी व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुँदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्न ज्ञवालीले निर्देशन दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१४

काठमाण्डौ, १४ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने हॅुदा सदैव तयार रहन निर्देशन दिनुभयो ।     भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१४

काठमाण्डौ, १४ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने हॅुदा सदैव तयार रहन निर्देशन दिनुभयो ।     भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

“अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध” दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाद्वारा “अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको” अवसरमा आयोजित प्रतियोगितात्मक पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन सानेपा मङ्गलबार दिउँसो सम्पन्न भएको छ ।               कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले “अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा” अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा शिल्ड वितरण गर्नुहुदै समाजमा घट्ने घटनाहरू न्यूनिकरणको लागि उपत्यका प्रहरी सदैव सचेत रहँदै, समुदायसँगको समन्वय र सहकार्यमा अपराध रोकथाम तथा नियन्त्रण लागि विभिन्न महानगरपालिका र नगरपालिकाहरुसँग सि.सि.टि.भी.राख्ने सम्झौता भएको जानकारी गराउनु भयो । साथै अन्य स्थानीय तहसँग पनि उक्त कार्यका समन्वय  भईरहेको बताउनुभयो । प्रविधिको दुरूपयोगबाट समेत अपराधका घटना घट्ने गरेको बताउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उज्जवल भविष्यका सपना बोकेका विद्यार्थीहरू लागु औषध जस्तो दुर्व्यवसनीमा फस्न सक्ने तथा साइवर अपराधमा समेत पर्न सक्ने र जीवन बर्वाद हुने भएकाले त्यसतर्फ  सचेत रहन आग्रह गर्दै  सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन आग्रह गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर,ललितपुरका  प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाह, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक/विद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थिति रहेको थियो ।

यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो । साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागि हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।

प्रहरीसँग ‘एक दिन’ कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असारकाठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले सेन्टेनियल माध्यमिक विद्यालय जोरपाटीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा मङ्गलवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन, पासवर्ड कसैसँग पनि शेयर नगरी गोप्य राख्न, भिडियो कल गर्दा real world मा जे जे गरिन्छ त्यो मात्र virtual world मा गर्न हुन अनुरोध गरिएको थियो । त्यसैगरी प्रहरी नियन्त्रण कक्ष  १०० (Police Control Room 100) मा नागरिकद्वारा दिइएको सूचनामार्फत प्रहरी परिचालन गराई काठमाण्डौ उपत्यकालाई सुरक्षित राख्न गरिएको प्रयास बारे समेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
२०८०-०३-१२

काठमाण्डौ, १२ असार            विभिन्न अनलाइन ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाण्डौ महानगरपालिका-१४ कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाण्डौ महानगरपालिका- १४ कलङ्की बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाण्डौ महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाण्डौ महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् । राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्ट्स भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो । साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।

“अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध” दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो ।साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताउनुयो । ­­­­­­­­     उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रहरीसँग ‘एक दिन’ कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असारकाठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले सेन्टेनियल माध्यमिक विद्यालय जोरपाटीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा मङ्गलवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन, पासवर्ड कसैसँग पनि शेयर नगरी गोप्य राख्न, भिडियो कल गर्दा real world मा जे जे गरिन्छ त्यो मात्र virtual world मा गर्न हुन अनुरोध गरिएको थियो । त्यसैगरी प्रहरी नियन्त्रण कक्ष  १०० (Police Control Room 100) मा नागरिकद्वारा दिइएको सूचनामार्फत प्रहरी परिचालन गराई काठमाण्डौ उपत्यकालाई सुरक्षित राख्न गरिएको प्रयास बारे समेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-०३-११

काठमाण्डौ, ११ असार             गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियान छियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।             गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले झु झियान छियान  र झु जिनफाङ्गलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ
२०८०-०३-१०

भक्तपुर, १० असारभक्तपुर नगरपालिका-१० कमलबिनायक पाइपलाइनस्थित पार्किङ गरी राखिएको बा. ८१ प. ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाऊँ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८०-०३-१०

काठमाण्डौ, १० असार            काठमाण्डौ, तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।             यसैगरी काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०६

काठमाण्डौ, ०६ असार     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।          निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।  विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको पहिचान अभिबृद्धि गर्ने हुँदा ‘विमानस्थलको सुरक्षामा कुनै कसर बाँकी नराखी' प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।साथै विमानस्थल विभिन्न राष्‍ट्रका नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले यसमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलाप उपर सदैव सचेत रही खतराको मूल्याङ्कन (Threat Analysis) गरी प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  विमानस्थल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

विभिन्न धनमाल चोरी
२०८०-०३-०६

काठमाण्डौ, ६ असार            काठमाण्डौ महानगरपालिका-१५ छाउनी चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-४ घर भएका रामचन्द्र थापाको कोठाबाट कोही नभएको अवस्थामा सुनका झुम्का तथा औठी र नगद ७० हजार रूपैयाँ गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल मङ्गलबार दिउँसो चोरी भएको छ ।            यसै गरी काठमाण्डौ, तारकेश्वर नगरपालिका-४ बस्ने लोक बहादुर श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा विभिन्न सुनका गहना तथा नगद ५० हजार रूपैयाँ गरी करिब २ लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल मङ्गलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०३-०६

काठमाण्डौ, ६ असार              काठमाण्डौ महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             उक्त पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पसल तलासी गर्दा सोही पसलमा काम गर्ने गुरुङलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । पसल संचालक नाम्गेल भन्ने किंगा हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०६

काठमाण्डौ, ०६ असार     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।          निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।  विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको पहिचान अभिबृद्धि गर्ने हुँदा ‘विमानस्थलको सुरक्षामा कुनै कसर बाँकी नराखी' प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।साथै विमानस्थल विभिन्न राष्‍ट्रका नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले यसमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलाप उपर सदैव सचेत रही खतराको मूल्याङ्कन (Threat Analysis) गरी प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  विमानस्थल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

अवैध लागुऔषधसहित ३ जना पक्राउ
२०८०-०३-०५

काठमाण्डौ, ५ असारकाठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने वस्तु ८ सय ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धुनीबेशीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१५ बोधिग्रामबाट अवैध लागुऔषध गाँजा ५ केजी ७ सय ६० ग्राम, गाँजाको फुलपातसहित ९ सय १२ ग्राम, पोल्याण्डको धुलो १ किलो ८ सय २० ग्राम, चरेस जस्तो देखिने पदार्थ १ सय ८० ग्राम र नगद २२ हजार ५ सय ९५ रूपैयाँसहित गोरखा थालाजुङ गाउँपालिका घर भई काठमाडौं काडाघारी बस्ने ४० वर्षीया शान्ती रानामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०४

काठमाण्डौ, ०४ असार     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, प्रविधिको दुरुपयोग गरी आपराधिक गतिविधी बढिरहेकाले प्रविधिको उच्चतम प्रयोग गरी सफल अनुसन्धान गर्न निर्देशन दिनुभयो । साथै सूचना संकलनमा खटिएका तथा सादा  पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै लोभ लालच वा प्रलोभनमा परी संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।      निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । कार्यक्रममा प्रहरी वरीष्ठ उपरीक्षक डा. मनोज के.सी., सिनियर प्रहरी अधिकृत लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<